बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती बालीकालाई करणी गर्ने प्रहरी नियन्त्रणमा

बुधबार, असोज ४ २०७४

नवलपरासी असोज, ४–  
 जबरजस्ती   बालिकालाई करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ मा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको हो । 

     मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई शर्माले जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाउनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।