महोत्तरी भदौ, २८–
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको अबको ध्यान भनेको दुर्त गतिमा बिकासका काम अघि बढाउनु रहेको बताएका छन् । बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले संविधान जारी भर्इसको अवस्थामा विकास र समृद्धिको अभियानलाई सफल बनाउन जनसमुदायलाई आग्रह गरेका छन् ।
उनले संघीय संरचनामा मूलुक गैसकेको भन्दै अब मूलुकलाई भ्रष्टाचार मुक्त बनाउनुपर्नेमा जोड दिए । जनतालाई सेवा प्रदान गर्न गाँउ गाँउमा सिंहदरवार पुगेको भन्दै नेता पौडेलले अब सबैले अधिकार पाईसकेकाले चाँडै देशको बिकास हुने बताए । अन्य पार्टिले समस्या मात्र राख्ने तर काँग्रेस समाधान समेत गर्ने पार्टी भएको उनको भनाई छ ।
उक्त चुनावी सभामा महामन्त्री शशांक कोइराला, रामचन्द्र तिवारी, वजरंग नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।