बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुर्खेतमा स्याल आतंक, बहुला स्यालको टोकाईबाट २० जना घाइते

बिहिबार, भाद्र २२ २०७४

सुर्खेत भदौ, २२–
सुर्खेतमा स्यालको आतंक फैलिएको छ ।  जिल्लाको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट करिब २० जना घाइते भएका हुन्। करिब एक हप्ताको अवधिमा स्यालको टोकाईबाट  २० जना घाइते भएका हुन् । स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा अहिले स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरुसहितको आकस्मिक बैठक बसिरहेको छ ।
स्यालको टोकाईबाट घाइते हुनेहरु  वडा नम्वर १, २ र ४ का बासिन्दा हुन् ।   वहुला स्यालको टोकाइबाट २० जना घाइते भएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जनाएको छ । घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको भने केहिलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।