भदौ १४, काठमाडौँ – नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन्। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।
जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।
निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका हुन्।
निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी विभाग मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रूपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदहरुको ठहर छ।