काठमाडौं भदौ, १३–
जनकपुरमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपाका कायृकर्ताले ढुंगा प्रहार गरेका छन् । प्रदेश नम्बर–२ मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका हुन् ।
रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले नेता नेपाललाई कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ–दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर गरेपनि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।
उनीहरुले एमालेलाई मधेस बिरोधी भन्दै कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।
भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् ।