बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाललाई २–१ गोलले हराउँदै भारतको जित

आइतबार, भाद्र ११ २०७४

काठमाडौं – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई २–१ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।  

वृजेश चौधरीको गोलमा सुरुवाती अग्रता लिएको नेपाल दोस्रो हाफमा दुई गोल खाँदै भारतसँग पराजित भयो । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।