बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२० जिल्लामा सिडिओ हेरफेर, को कहाँ पुगे ? (सूचिसहित)

बिहिबार, भाद्र ८ २०७४

काठमाडौं भदौ, ८–
बिहिबार गृह मन्त्रालयले १३ सहसचिव  र ३१ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयको सरुवासँगै  २० जिल्लामा प्रमुख जिल्ला अधिकारी समेत  फेरिएका छन् । 
गृह मन्त्रालयका अनुसार  सहसचिवबाट मकवानपुरको सिडियोमा चक्रबहादुर बुढालाई तोकिएको छ । 
यस्तै, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायण प्रसाद भट्टराई बर्दिया, महादेब पन्थ ललितपुर सिडियो,  बिष्णु पोखरेल इलाम, विष्णु बहादुर थापा बागलुङ तथा  चन्द्रमान श्रेष्ठ उदयपुरको सिडियो बनेका छन् ।  
यसैगरी हरिशरण पुडासैनी गृह मन्त्तालयको व्यवस्थापन महाशाखाको प्रमुखमा सरुवा भएका छन् भने जनकराज दाहाललाई इलाम सिडियोबाट गृहमा तानिएको छ । 
यस्तै, मदन भुजेल कविपलबस्तुको सिडियोको रुपमा सरुवा हुँदा  कपिलबस्तुको हालका सिडिओ विष्णु प्रसाद  ढकाल प्रहरी किताबखानाको डिजीको रुपमा सरुवा  भएका छन् । यस्तै नारायण प्रसाद दुवाडीलाई मकवानपुरबाट  गृहमन्त्रालयमा सरुवा गरिको छ । 
उपसचिवबाट विष्णु पौडेल जुम्लाको सिडियो  बनेका छन् भने  दिलीप लामिछाने रामेछापको सिडिओ, विश्वराज न्यौपाने दैलेखको सिडिओ बद्रीनाथ गैरै कालिकोटको सिडिओ  बनेका छन् । 
यस्तै सिद्धराज जोशी, चेतराज बराल भोजपुरको सिडिओ, लक्ष्मीदेबी हुमागाँईँ  पाँचथरको सिडिओ , हरि पन्त मनाङको सिडिओ, पुष्पराज शाही जाजरकोटको सिडिओ र  एकदेब अधिकारी खोटाङको सिडिओ बनेका छन् । 
यस्तै उपसचिवबाट केहि कर्मचारीलाई सहायक प्रजिअको जिम्मेवारी पनि दिइएको छ । 
सरुवामा परेकाहरुको  सूचिः