काठमाडौं साउन, ३०–
गएराति नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पाँचकिलोमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । उक्त सडकखण्ड गएराति १० बजे पहिरो खसेपछि अवरुद्ध बनेको थियो । आइतबार साँझ मात्र सञ्चालनमा आएको सडक पुनः पहिरो खसेपछि अबरुद्ध भएको थियो ।
रातको समयमा पन्छाउन नसकेपछि आज बिहानबाट पहिरो हटाउन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।