बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजपा नआउदैमा अब चुनाव रोकिदैनः देउवा

शुक्रबार, साउन २० २०७४

काठमाडौं साउन, २०–
प्रधानमन्त्री शेरबहादुर देउवाले अब कुनै पनि बहानामा प्रदेशनं. २ को निर्वाचन नरोकिने बताएका छन् ।  राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ को निर्वाचन नरोकिने देउवाले प्रष्ट पारे ।   यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनार्इ छ ।

शुक्रबार जनकपुरमा  आयोजित पत्रकार सम्मेलनमा  प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनको भनाई छ । 

 

 असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाको  दाबी छ ।