काठमाडौं साउन, १८–
कमल थापासँग असन्तुष्ट भएर नयाँ दल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले पनि राजसंस्था आवश्यक रहेको बताएका छन् । उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा समेत गरेका छन् । बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले धर्मनिरपेक्षता जनभावना विपरीत को निर्णय भएको दाबी समेत गरे । उनले निर्णय सच्याउन देशभर दवाव सिर्जना गर्ने समेत प्रष्ट पारे । मुलुकमा अहिलेपनि राजसंस्था आवश्यक रहेको भन्दै डा. लोहनीले भने, ‘नेपालको एकताको लागि राजसंस्थाको आवश्यकता छ । राजसंस्था बिना राष्ट्रिय एकताको कल्पना समेत गर्न सकिँदैन ।’