बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजपा चुनावमा नआउदैमा प्रदेश २ को चुनाव अब रोकिदैनः प्रचण्ड

मंगलबार, साउन १७ २०७४

जनकपुर साउन, १७–
पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष  प्रचण्डले असोज २ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरेका छन्  । उनले आसन्न चुनावमा राजपा पनि सहभागी हुने विश्वास व्यक्त गरे । तर,  राजपा चुनावमा आएपनि नआए पनि कुनै पनि हालतमा निर्वाचन भने नरोकिने प्रचण्डको भनाई छ । मंगलबार जनकपुरमा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  राजपाले चाहे मात्र संविधान संशोधन प्रस्ताव संसदमा  निर्णयार्थ पेश हुने प्रष्ट पारे ।   आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन विधेयक पास गराउने प्रयास गरेको तर सम्भव नभएको उनको भनाई छ ।   संविधान संसोधनका बारेमा  प्रचण्डले भने, ‘राजपाले चाहे संशोधन निणयार्थ पेश हुन्छ, नभए कुनै अर्थ छैन ।’
दुई थरि अतिबादलाई औंल्याउदै प्रचण्डले मधेस छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुबै अतिवादी सोच भएकोले  आफूहरु त्यसविरुद्ध रहेको बताए । माओवादी अध्यक्ष प्रचण्डले जनकपुरलाई महानगर बनाउन पहल गर्ने आश्वासन दिदै विमानस्थलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने समेत बताउन भ्याए ।    मण्डपहरुलाई पुरानै स्वरुपमा फर्काएर पर्यटकीय नगरी बनाउने र स्याटलाइट सिटीका रुपमा जनकपुरलाई  विकास गर्ने प्रचण्डले दाबी गरे ।