बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डा केसीका मागबारे भोलि पनि वार्ता हुने

शुक्रबार, साउन १३ २०७४

साउन १३, काठमाडौँ – चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको वार्ता भोलि पुनः वार्ता गर्ने गरी सकिएको छ । 

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शुक्रबार भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी शनिबार पुनः वार्ता गरिने जनाएको छ । 

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो । 

सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी आज वार्ता गरेको हो ।