काठमाडौं साउन, ११–
करिब डेढ महिना पहिले प्रधानमन्त्री बनेका देउवाले आज (बुधबार) मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । आज मन्त्रिमण्डलमा समाबेश हुने मन्त्रीहरुको सपथ चार बजे हुने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्भावित मन्त्रिहरुलाई चार बजेका लागि सपथको तयारीमा रहन प्रधानमन्त्रीको कार्यलयले खवर गरेको छ । तर, क्याविनेट बैठकको निर्णय हुन भने बाँकी रहेको श्रोतको भनाई छ । सपथको समय तय गर्न मनित्रपरिषद बैठक बस्ने तयारी भैरहेको छ ।
जेठ २३ गते प्रधानमन्त्रीमा भएका देउवाले यसअघि जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । आज प्रधानमन्त्री देउवाले केही राज्यमन्त्रीसहित १९ जना मन्त्री थप्ने तयारी गरेका छन् ।