बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना

बुधबार, साउन ४ २०७४

साउन ४, काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
गत असार २३ देखि ७० लागेका पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

नियमित चेकजाँचका क्रममा एनजिओग्राफीमा मुटुको भल्भ ब्लक भएको देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको एनजिओप्लाष्टी गर्ने निष्कर्षमा चिकित्सक पुगेका थिए।

चिकित्सकले अप्रेसन गर्नुपर्ने सुझाए पछि उनी बुधबार अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।