बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारी खर्चमा बेथिती : अन्तिम तीन दिनमै ४६ अर्ब

आइतबार, साउन १ २०७४

साउन १, काठमाडौं – सरकारी कार्यालयहरुले विगतमा जस्तै विनियोजित बजेट चालु बर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । 

सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बर्षको पछिल्लो तीनद दिन असार २९ देखि ३९ सम्म मा विकास बजेट ३६ अर्ब र साधारण बजेट ११ अर्ब गरी कुल ४६ अर्ब रुपैयाँ खर्च गरिएको हो । 

महालेखाका अनुसार असार २८ सम्मा पुँजिगत बजेट एक खर्ब ६८ अर्ब रुपैयाँ खर्च भएको थियो । 

त्यसपछिका तीन दिनमा मात्र ३६ अर्ब रुपैयाँ खर्च भएको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।