काठमाडौ असार २७
नेप्से आज भने बढेको छ । नेप्से नौ दसमलव ७९ अंकले बढेर १५ सय ८५ दसमलव एक बिन्दुुमा चढेको छ । सेन्सिटिभ एक दसमलव ९१ अंकले बढेर तीन सय ३६ दसमलव ५३ बिन्दुमा चढेको छ ।
एक सय ४९ कम्पनीहरुको चार हजार आठ सय पाँच वटा कारोवारमा १९ लाख ३० हजार सात सय ४२ कित्ता सेयर किनबेच भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९९ करोड ६३ लाख ३० हजार चार सय ५४ रुपैयाँ पुुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ९५ अंकले बढेर १४ सय १९ दसमलव ९५ बिन्दुुमा चढेकोमा २५ करोड ८२ लाख ६३ हजार रुपैयाको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ६० दसमलव ७९ अंकले बढेर आठ हजार तीन सय ७६ दसमलव २५ बिन्दुमा चढेकोमा १५ करोड ३४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १३ दसमलव ४८ अंकले बढेर १९ सय ४४ दसमलव पाँच बिन्दुुमा चढेकोमा आठ करोड ६५ लाख ६१ हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ ।
आज जलबिद्युुत, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज बढेको छ ।
आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको सेयर मुल्य
१ फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स २८४४ ९.९
२ कुुवेर मर्चेन्ट फाईनान्स ११४ ९.६२
३ शुुर्या लाईफ इन्स्योरेन्स १०९५ ५.९०
४ गुराँस लाईफ इन्स्योरेन्स १०४३ ४.३०
५ सिद्धार्थ लगानी बृद्धि योजना—१ २३.२५ ४.०३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
१ नेशनल लाईफ इन्स्योरेन्स (संस्थापक) १२५० ९.०९
२ नागवेली लघुबित्त बिकास बैंक ३१६० ४.२५
३ सेन्ट्रल फाईनान्स १९३ ३.५५
४ आरएमडिसी लघुबित्त ७७८ २.६२
५ रिडी हाईड्रो पावर कम्पनी २०० २.४३