बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रिलायन्स फाईनान्सद्धारा हकप्रदको लागि अनुुमती माग

मंगलबार, असार २७ २०७४

काठमााडौ असार २७
रिलायन्स फाईनान्सले हाल कायम रहेको चुक्ता पुंजीको ४५ प्रतिसतको अनुुुपातमा हकप्रद सेयर जारी गर्न अनुुमती माग गर्दे नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार फाईनान्सले एक सय बराबर ४५ प्रतिसतको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमती माग गरेको हो । 
फाईनान्सले पुंजी बृद्धिको लागि एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २३ करोड छ लाख ५७ हजार रुपैयाँ बराबरको २३ लाख छ हजार पाँच सय ७१ कित्ता हकप्रद सेयरको लागि आवेदन दिएको हो । फाईनान्सको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा भने सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुंजी ५१ करोड २५ लाख रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ७४ करोड ३२ लाख रुपैयाँ पुुग्ने छ । फाईनान्सले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।