मुरारी ढुङ्गेल
दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि राजपाले भाग लिएन । राजपाकै लागि ४ पटक सम्म निर्वाचनको मिति सारियो अन्तत्वगत्वा अन्तिम घडिमा राजपा चुनावमा सामेल नहुँने निर्णय सहित चुनावलाई असहयोग गर्ने, निर्वाचन हुँन नदिने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक भए तर त्यो केवल घोषणामै सिमित हुन पुगे । राजपाकै केहि नेता तथा कार्यकर्ताले ५ नम्बर प्रदेश अन्तर्गतका केहि स्थानमा स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्न पुगे चुनाव बहिस्कार गर्ने उस्को नीति एका एक ओझेलमा मात्र परेन उसले अहिले सम्म उठाउँदै आएका माग सम्म ओझेल परे । २ बर्ष देखिका उसका आन्दोलन निस्प्रभावी भएको धेरैको अड्कल छ । किन र के को लागि आन्दोलन गरे ? के मधेस उनिहरुले भने झै हेलित र पक्षपात छ ? किन मधेसी नेताहरु सधैको आन्दोलन र चित्त नवुझाई सहेका छन् ? आखिर के चाहान्छ मधेस ? के के कुरामा चित्त बुझाउन सकिरहेको छैन ? तर यसो भनि रहँदा मधेसी जनतालाई पक्षपात गरेको अनुभूति नहोस् । किन अझै तेस्रो चरणमा पुर्याईएको निर्वाचनमा पनि सामेल नहुने बताइरहेको छ राजपाले ? यो उसका लागि हितकर होला कि नहोला ?
मधेस नेपालको अभिन्न अंगको रुपमा नेपालको दक्षिणी भुभाग ओगटेको स्थान हो । जहाँ कुल नेपालको जनसंख्याको आधा जनसंख्याको बसोबास भएको पाइन्छ । नेपालको मध्य भुभाग ओगटेको हुनाले मध्य देस हुन्दै मधेस भनिएको अनुमान गरिन्छ ।बर्सौ देखि त्यहाँ बसोबास गर्ने समुदायलाई मधेसी भन्न थालीएको हो ।मधेस न हाम्रो नाङ्गो आखाले देखेजस्तो न कि अखबारमा पढिए जस्तो मात्र छ । मधेस हामीले परिकल्पना गरे भन्दा अझ समस्याले ग्रस्त छ । मधेस हिजो देखि नै सधै जसो राज्य पक्षको कम प्राथमिकतामा परे जस्तो देखिन्छ ।
बर्सौ देखि मधेसी जनताको नाउँमा राजनीति गर्ने राजनेताले भोट बैकको रूपमामात्र त्यहाँका जनतालाई प्रयोग गरिनुले पनि मधेस आफै निराश छ । मधेसका बहुसंख्यक उत्पीडित जनता हिजो देखि बर्तमान सम्म मधेसका मुठ्ठी भर टाठा बाठाको चुङुलमा फसेका छन । ऊनी हरुले नै घुमाइफिराइ गरीब दुखी मधेसीलाई आफ्नो स्वार्थमा प्रयोग गरेको देखिन्छ । देशमा नाम कहलिएका डाक्टर, इन्जिनियर , शिक्षण संस्थाका नाम चलेका प्रोफेसर, प्रायः सबै सरकारी निकायका प्राविधिकहरु जन्माउने ञमधेसझ आफू भने “बत्ति मुनिको अँध्यारो“ भने झै अन्धकारमय छ भन्दा पनि अतिस्युक्ती नहोला । कतिपयको गुनासो सुनिन्छ हुनेखाने र पढेलेखेका मधेसीमुलका ब्यक्तिहरु नै मधेस प्रति चासो राख्दैनन् । मधेस आज पनि आफ्नो गर्भबाट जन्मिएका आफ्नो छातीमा दौडिएर हुर्किएका आफ्नै धर्ती पुत्र आफ्नै सन्ततिबाट हेलित छ ।राजधानीको महङ्गा महङ्गा कलेज, युनिभर्सिटीमा ज्ञान बाढदै हिंड्ने प्रोफेसर, सहरका सुगम ठाउमा सडक(भवनमा फिताले भित्ता नाप्दै हिंड्ने इन्जिनियर(ओभरसियर, सहरमा क्लिनिक खोलेर सहरमै घरजम गरेर बसेका डाक्टर जन्माउने मधेस आज उनीहरूवाट उपेक्षित छ ।मधेस आज पनि सदियौ देखि जरा गाडेर वसेको अन्धविश्वास भित्रको गरिबी, अन्याय(अत्याचार, अशिक्षा, भोकमरी, हिंसा(कुरिती, पक्षपात, शोषण (दमनबाट बढी प्रदाडित छ । शिक्षा लिने श्रोत र सामर्थ्यको अभावमा तडपिएका बहुसन्ख्यक मधेसी जनता शिक्षाको उज्यालोबाट बन्चित हुनु परेको छ । गरिबीको जन्जिरले जेलिएका मधेसी समुदायको सामाजिक बिभेद सबै भन्दा ठुलो समस्या हो । न राज्य पक्षबाट न स्थानीय स्तरबाट होस यस कुरामा पर्याप्त ध्यान पुग्न सकेको छैन ।
मधेसी समाज भौगोलिक अवस्थाको सुगमता भित्रको हामीले सोचे भन्दा बिकराल समस्यामा जेलिएको छ ।अन्नभण्डारको रूपमा स्थापित तराई मधेस आज पनि भोकमरिको चपेटामा छ । त्यहाँका बहुसंख्यक गरिव जनता, साहु महाजनको भकारी भर्दैमा जीवन ब्यथित गर्न विवस छन । मधेस भित्रको समस्या सानोतिनो र छोटो समयको प्रयासमा पढेर नछिचोलिने छ । मधेसमा दिनानुदिन बढदै गएको गरिबी संगै जातिय, बर्गिय, लैङ्िगक असमानता, सामाजिक विभेदको खाडल पुर्न ठुलै चुनौती देखिन्छ ।अझै पनि मधेसमा देशको अन्य ठाउ भन्दा बढी कुरिती–अन्धविश्वासको कालो बादल मडारिरहेको छ ।गरिबी, अशिक्षा–अन्धविश्वासले ग्रसित समाजमा बोक्सी डाइनिको आछेपले दिनहुँ जसो महिलाहरु हिंसाको शिकार बनिरहेका छन् । जातीय छुवाछुतले कथित दलित समुदाय माथीको दमन आज पनि यथास्थिति मै देख्न सकिन्छ । पहाडीया समुदायले मधेसी समुदाय माथी गर्ने जातीय विभेदको अन्त्य आज पनि हुन सकेको छैन ।अझैसम्म मधेसी निमोखो जनता त्यहाँको सभ्रान्त मधेसी परिवारबाट शोशीत छ । तुलनात्मक रुपमा अन्य समुदायमा भन्दा धनी भनौंदाबाट गरिव निमोखा हेपिएका मिचिएको गुनासो मधेसी समुदायमा बढी पाइन्छ ।केही शिक्षित, सम्पन्न एबं सभ्रान्त ब्यक्ति नै दाइजो प्रथा, तिलक प्रथाको पक्षपाती देखिनुले मधेसमा सामाजिक विकासको अवस्था झन भयावह हुन पुगेको छ ।
आज पनि अन्य समुदाय भन्दा मधेसी समुदायमा धनीले गरीबलाई हेप्ने थिचोमिचो गर्ने देखि तल्लो स्तरको व्यबहार गर्ने परिपाटी तुलनात्मक रूपमा बढी पाइन्छ । यो पङ्तिकार मधेस विशेषज्ञ नभएपनि पङ्तिकारले नाङ्गो आखा र अन्तर चच्छुले देखेको केही कुरा यहाँ उल्लेख गर्न चाहेको मात्र हो ।सामाजिक विभेदको अन्त्य नभई समाज बिकासको परिकल्पना गर्नु उचित होइन । किन मधेसका जनता अझै पनि समग्र नेपालीले प्राप्त गरेको उपलब्धि प्रती अझै असन्तुष्ट छन ? किन चित्त बुझीरहेको छैन मधेसी जनताहरुको ? के मधेसबादी दलहरुले देखिने गरि अघि सारेका मुख्य चार मागको सम्बोधनले मधेसको विकराल समस्याको सावधान हुन सक्छ ? पक्कै पनि सक्दैन ।स्थानीय स्तरका मुलभुत समस्याहरुको निदान प्रती राज्य सजक रहनु पर्छ ।मधेसी जनताले मधेसी दलहरुलाइ देशको समग्र हितलाई ख्याल राखी गरिएको आन्दोलनले मात्र उपलब्धि हासिल गर्छ भन्ने कुराको ध्यानाकर्षण गराउन सक्नु पर्छ । आफ्नो अधिकार प्राप्तिको स्वार्थले अरुको अधिकार खोसिनु हुन्न मधेसी जनताले बुझ्न सक्नु पर्छ । त्यस्ता मुद्दाहरुमा मात्र जनताले साथ दिनु पर्छ ।
मधेसको मन अशान्त हुनुको कारण राज्यबाट भोग्दै आएको विभेद भन्दापनि एउटा कारण हो भने अर्को महŒवपूर्ण कारण मधेस केन्द्रित दलहरूको स्वार्थी चरित्रले हो भन्न किन कन्जुस्याई गर्ने ? उनीहरू (मधेसी दलका नेता) मधेसले प्राप्त गरेको उपलब्धिलाई पनि आफ्नो स्वार्थअनुसार अर्थ्याएर मधेसी जनतामा छर्ने गरेकाले मधेसी जनतामा मतभेद फैलिँदो छ।
मधेसको बिगत देखि बर्तमान सम्मको मुख्य समस्या भनेकै बिभेदकारी समाज हो ।मधेसमा प्रतिषठित कहलिएको ब्यक्ति, समुदायबाट नै बढी अन्याय, अत्याचार, शोषण भएको स्थानीय जन गुनासो पाइन्छ । मधेसमा गरिब दुखी निमुखा मधेसि जनताहरु त्यहाँका शिक्षित, धनी साहुमाजनबाट बढी प्रदाडित छन भन्ने कुरा विभिन्न गैरसरकारी संथाको अनुसन्धानबाट देख्न सकिन्छ ।हिजो देखि भोग्दै आएको समस्याको चिन्ता भन्दा फरक प्रकारको चिन्ताले मधेसका जनता चिन्तित छन । छिमेकी मुलुकबाट आएर अङ्गिकृत नागरिकता लिदै त्यहाँका रैथाने नेपालीहरुलाई गरिने दुव्र्यवहार देखि मधेसी आजित बनेका छन । विभेदकारी सामाजिक परम्परा ,जातीय छुवाछुत, गरीब धनी बीचको असमानता, बर्गिय विभेद नै मधेसको मुल समस्या हो । हाल मधेसमा देखिएको मुलभुत समस्याको समयमै सम्बोधन गर्न तिर राज्य पक्षको ध्यान जानु जरुरी छ ।