बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा र सेती फाइनान्स गाभ्ने

आइतबार, असार १८ २०७४

काठमाडौ असार १८
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको विषेश साधारण सभा आइतबारका दिन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज मिती २०७४ असार १८ गते वल्ड ट्रेड टावर, त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।
सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्विकृती प्रदान गरेको छ । सगरमाथा फाइनान्स लि. को १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंक लि. को ९५ कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई स्विकृती समेत प्रदान गरेको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७१ करोड पूंजीमा सगरमाथा फाइनान्सको प्राप्तीबाट करिब रु. ७४ करोड थप हुनेछ । बैंकले ४० % अर्थात १ अर्ब ८८ करोड बराबरको हकप्रद शेयरको लागी आब्हान पत्र दर्ता गरिसकेको भने अल्पाइन र सेती फाइनान्सको प्राप्तीको लागी अन्तिम सम्झौता भएको छ । यी संस्थाको प्राप्तीब।ट थप रु. ५० करोड पूंजी वृद्धि हुनेछ । यसरी रु. ८ अर्बको पूंजीमा सेञ्चुरी बैंकले नपूग रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।