बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

शनिबार, असार १७ २०७४

असार १७, डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराएका हुन् । 

बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपाध्यायले तीन हजार ५६८ मत ल्याएका थिए । 

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी भएकी छन् । साउद तीन हजार ५८७ मतका साथ विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी काँग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत ल्याइन् । 

सात वडामध्ये नेपाली काँग्रेसले चारवटा वडा जितेको छ । एमालेले तीनवटा वडामा जित निकालेको छ । १, २, ३ र ७ नम्बर वडामा काँग्रेस विजयी भएको छ । ४, ५ र ६ मा भने एमाले जितेको छ ।