बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

शनिबार, असार १७ २०७४

असार १७, विराटनगर – मोरङको लेटाङ नगरपालिका – ९ मा नेकपा एमालेका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ । 

अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । 

सोही वडाको महिला सदस्यमा कमला राई ८२६ मत, दलित महिलामा हरिमाया विश्वकर्मा ८३९ मत तथा खुल्ला सदस्यमा खेमराज ढकाल ८४४ मत र गोपालबहादुर मगर ८३१ मत प्राप्त गरी विजयी भएका हुन् ।