काठमाडौं । नेपालमा रहेका वित्तीय माफियाहरुलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैक र बीमा समितीले नचिन्ने गरेको पछिल्लो एउटा उदाहरणबाट पुष्टि भएको छ । बैकिङ क्षेत्रमा सर्वसाधारण जनताको अबौं रुपैयाँ घोटाला गरेको अभियोगमा अदालतले समेत दोषी ठहर गरेर कैद सँजाए भोगेका व्यक्तिहरुलाई बीमा समितीले भटाभट लाईसेन्स दिएपछि राष्ट्र बैक र बीमा समिती बित्तीय माफिया प्रति उदार देखिएको हो । नेपालमा जीवन तथा निर्जीवन समेत गरी २६ बीमा कम्पनीहरुले बीमा सम्वन्धी कारोबार गर्दे आएकोमा झण्डै तीन हप्ताअघि बीमा समितीले थप १० वटा कम्पनी नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिएको छ । यसरी लाईसेन्स पाउनेमा तत्कालीन ग्राण्ड बैंकलाई डुबाउने प्रमुुख कार्यकारी अधिकृत सुधीर खत्री, नेपाल सेयर मार्केट्स एण्ड फाईनान्समा सर्वसाधारणको छ अर्ब रुपैयाँ भन्दा बढी रकम घोटाला गर्ने योगेन्द्र प्रसाद, जग्गा व्यवसायी कालुु गुुुरुङ, सिटिजन्स बैक इन्टरनेसनलका प्रमुुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी सहितका व्यक्तिहरु रहेकाछन् । बीमा कम्पनीहरु प्रत्यक्षरुपमा सर्वसाधारणमा जोडिने हँुुंदा बीमा समितीले नेपालमा बीमा कम्पनीहरुको संस्थागत सुशासनको पालनामा नै गम्भिर खतरा उत्पन्न हुनेगरी आर्थिक प्रलोभनमा परी बित्तीय माफिहरुलाई बीमाको लाईसेन्स दिएको छ । बीमा कम्पनीहरुको लाईसेन्स पाउने ती व्यक्तिहरुको बिगतको इतिहासलाई हेर्दा लाईसेन्समा लाखौं करोडौ रुपैयाँको मोलमलाई भएको देखिन्छ । बीमा समितीले बीमाको लाईसेन्स दिएको कम्पनीहरु मध्येमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । यो कम्पनीमा तत्कालीन ग्राण्ड बैंक घोटालाका प्रमुुख जसले सिंगो ग्राण्ड बैकलाई डुुबायो, त्यो व्यक्तिलाई समेतको बीमाको लाईसेन्स दिइएको छ । उक्त कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुुमार श्रेष्ठको समेत लगानी रहेको छ । यसैगरी समितीले सेयर मार्केट्स घोटालाका प्रमुुख योगेन्द्रप्रसाद श्रेष्ठलाई स्टार लाइफ इन्स्योरेन्स कम्पनी खोल्न अनुुमति दिएको छ । उक्त कम्पनीमा फाइनान्स कम्पनी घोटाला प्रकरणमा तीन वर्ष जेल सजाँए भोगेका योगेन्द्रप्रसाद श्रेष्ठ, स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, माछापुुच्छे«े बंैकका पूर्वप्रमुुख कार्यकारी अधिकृत भाइकाजी श्रेष्ठ सहितका बिवादित व्यक्तिहरुको लगानी रहेको छ । समितीले झण्डै तीन हप्ता अघि न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्नेगरी १० वटा नयाँ जीवन बीमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुुमति दिएको छ । त्यस एकाध संस्थामा लगानीकर्ता बिवादित रहेको भएपनि केही राम्रा व्यक्तिहरुले समेत नयाँ बीमा कम्पनीको लाईसेन्स पाएकाछन् । हाल बाणिज्य बैंक, मर्चेन्ट बैकर कम्पनी, रेमिटेन्स कम्पनी, अटोमोवाईल क्षेत्रमा समेत राम्रो काम गरिरहेको ग्लोवल आईएमई समूहले पनि नयाँ बीमा कम्पनी सञ्चालन गर्न लाईसेन्स पाएको छ । ग्लोबल आईएमई समूहका प्रमुुख चन्द्रप्रसाद ढकाल र समूहसंँग आवद्ध बिभिन्न कम्पनीहरुको लगानी रहनेगरी यो समुहले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी खोल्न अनुुमति पाएको हो । थप १० वटा कम्पनीसमेत गरी अब नेपालमा जीवन बीमाको कारोबार गर्ने कम्पनीको संख्या १९ वटा पुग्ने छ । यसअघि नौवटा कम्पनीहरुले जीवन बीमासम्बन्धी कारोबार गर्दै आएका थिए भने न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ कायम गरेको हुनुपर्ने व्यवस्था रहेको थियो । निर्जीवनतर्फ भने १७ वटा कम्पनीहरुले कारोबार सञ्चालन गर्दै आएका छन् । पुरानो व्यवस्थाअनुसार निर्जीवन बीमा कम्पनीहरुको चुक्ता २५ करोड रुपैयाँ कायम रहने हुनुपर्नेमा नयाँ व्यवस्थाअनुसार निर्जीवनले पनि एक अर्ब रुपैयाँ चुक्ता चुक्ता पुँंजी पुरयाउनुु पर्ने छ । समितीबाट पछिल्लो पटक सिटिजन्स लाईफ इन्स्योरेन्स, स्टार लाईफ इन्स्योरेन्स, सन नेपाल लाईफ ईन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, रिलायवल लाईफ ईन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स , महालक्ष्मी लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्योरेले कारोवार सञ्चालनको लागि अनुमति पाएका छन् ।अमृतबजार मा खबर छ