काठमाडौ जेठ १८
ज्योति बिकास बैंकले एकैपटक तीन वटा शाखा बिस्तार गरेको छ । बैंकले बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन तीन नयां शाखाहरु खोलेको हो ।
३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र ज्योति बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुुन । यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्तरुपमा गरेकाछन । शाखा उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका निर्देशकहरु क्रमश ः गोकर्ण खतिवडा, जगदिश्वर प्रसाद अधिकारी र नारायण प्रसाद पौडेलले गरेकाछन भने झुम्का शाखाको उदघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवर तथा संचालक छत्रमान श्रेष्ठको पनि उपस्थिति थियो । साथै उक्त उद्घाटन कार्यक्रहरुमा स्थानिय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो । हाललाई यि शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने छ भने छिटै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ ।
ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ भने १ः१ को हकप्रद शेयर जारी गरीरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३÷४÷२८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुंजी रु २ अर्ब ५० करोड सहजै पु–याउने लक्ष्य लिई अधि बढिरहेको छ ।
पछिल्लो समयमा व्यवसायको बृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरीसकेको यस विकास बैंकले यसै आर्थिक बर्षको तेस्रो त्रयमासिक सम्ममा निक्षेप रु ९ अर्ब ३५ करोड तथा कर्जा रु ८ अर्ब ३८ करोड प्रवाह गरी खुद मुनाफा रु १९ करोड २७ लाख आर्जन गरेको छ । बैंकमा निस्क्रिय कर्जाको अनुपात १ प्रतिशत भन्दा कम रहेको छ ।