बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘सिइओ सा’ब निक्षेप चाहिन्छ ?’ भन्ने बिचौलीयाहरुको बिगबिगी

सोमबार, जेष्ठ १५ २०७४

 

काठमाडौं । पछिल्लो समय बैंकहरुले तरलता अभावका कारण पर्याप्त लगानी गर्न सकेका छैैनन् । लगानीका लागि पूँजी आवश्यक हुन्छ । बैंकहरुले निक्षेप आकर्षित गर्न बचतकर्ताहरुकालागि ब्याजको मात्रा बढाउँदै लगेका छन् । केही समयअघिसम्म साढे पाँच वा छ प्रतिशत रहेको ब्याजदर अहिले १२ प्रतिशत भन्दा माथि पुगेको छ । 
बैंकहरुको धेरै ठूलो धनराशी राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्नमा सकिएको छ । बचतकर्ताहरुलाई आकर्षित गर्न उनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका छन् । अहिले बैंकरहरु र बिचौलीयाहरुको ध्यान भने सरकारी संस्थानहरुको पैसामा गएको छ । नेपाल टेलिकम, नेपाल आयल निगम जस्ता मुनाफा धेरै कमाउने विभिन्न संघ संस्थाहरुले अर्बौ रुपैयाँ एउटै बैंकमा राख्ने गर्छन् । ठूलो आर्थिक कारोबार ती कम्पनीहरुसँग उनीहरुको हुने गर्छ । त्यो रकमलाई स्थानान्तरण गरेर एक बैंकबाट अर्को बंैकमा सार्ने हो भने सबैलाई फाइदा हुने स्थिति हुन्छ । 
यसका लागि केही सरकारी संस्थानका प्रबन्ध निर्देशकहरुले पनि एक बैंकमा रहेको पैसा अर्काे बैंकमा सार्ने प्रयास नगरेका होइनन् । तर केही कानुनी अड्चनका कारण उनीहरुले त्यसो गर्न सकेनन् । खासमा एक बैंकबाट अर्को बैंकमा २५ करोड भन्दा बढी रकम लैजान पाइँदैन । यस्तो हुँदा यो काम पहिलो गाँसमै ढुंगा सावित भयो । 
यो प्रकरणमा केही विचौलीयाहरु प्नि लागि परेका छन् । उनीहरुले हरेक जसो बैंकका सिइयो, सरकारी संस्थानका प्रबन्ध निर्देशक आदिलाई भेटिसकेका छन् । केही सरकारी संस्थानका हाकिमहरु यो प्रस्तावमा आकर्षित पनि भएका छन् । त्यसै गरी केही बैंकहरु पनि तयार भएका छन् । 
तर यसमा पनि अर्को कानुनी अडचन नै आएको छ । कुनै एक सरकारी संस्थानको २ अर्ब रुपैया विभिन्न तिकडम गरेर अर्को बैंकमा पुुर्याइयो भने त्यस काममा मेहनत गर्ने बिचौलीयाहरुलाई पनि कमिसन दिनु पर्ने हुन्छ । अवैध कमिसन दिएको कुनै प्रमाण पनि राख्न मिल्दैन । बिचौलीयाले लिएको पैसा उसले सम्बन्धित सरकारी संस्थानका मिलेमतो गरेका हाकिमलाई बुझाउनु पर्छ ।  त्यो रकमको परिमाण दुई चार लाख नभएर ठूलो रकम हुन जान्छ । त्यति धेरै रकम कहाँ के कारणले खर्च भयो भन्ने प्रश्न उठ्छ । जसको जवाफ बैंक संञ्चालकहरुले दिनु पर्ने हुन्छ । 
यो बाध्यताका कारण पनि बैैंंकहरु, बिचौलीय र सरकारी हाकिमहरुको योजना पूरा हुन सकेको छैन । 
यो विषयमा अर्को एक महत्वपूर्ण प्रशंग पनि छ । विषय पहिलेदेखि नै बुझेका बैंकका सिइओेहरुले त यस्तै प्रस्ताव लिएर आउने बिचौलीयालाई प्रवेशमा रोक लगाएका छन् ।
सो सन्दर्भमा एक  बैंकका सिइओ  भने, ‘सबैजसो बैंकहरुमा यस्ता मान्छे पुगिसकका छन् । हाम्रोमा पनि आएका थिए । तर मैले भेट दिइनँ । र मैले भन्ने गरेको छु–अफिसमा यस्ता मान्छे आए भने प्रवेशमै रोक लगाउनू ।’ 
यो तौर तरिकाले कतिले कहाँबाट पैसा कमाएका छन त्यो खुलेको छैन । तर अवैध कमिसनको लोभमा बिचौलीयाहरु सक्रिय भएका छन् । यो धन्दा केही बैंकहरुले गरेको हल्ला बजारमा छ ।