बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा १४ अंकको झड्का, दुई समुहले कमाए, केहिले गुमाए

आइतबार, जेष्ठ १४ २०७४

काठमाडौ जेठ १४
नेप्सेको घट्ने प्रकृया साताको सुरुवाती कारोवार दिनबाट नै सुरु भएको छ । आज आईतबार नेप्से १४ अंकले घटेर १६ सय १५ दसमलव १८ बिन्दुमा पुगेको छ । सेन्सिटिभ दुई दसमलव ७१ अंकले घटेर तीन सय ४३ दसमलव २८ बिन्दुमा पुगेको छ ।  एक सय ४८ कम्पनीहरुको सात हजार सात सय ८८ वटा कारोवारमा १४ लाख ७६ हजार आठ सय १३ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ७५ करोड ६० लाख १७ हजार पाँच सय ८८ रुपैयाँ पुगेको छ । 
आज छ वटा समुहको कारोवार घटेर दुई वटा समुहको कारोवार बढेको छ । अन्य समुहको सुचक २५ दसमलव ७४ अंकले बढेर सात सय १६ दसमलव ९७ बिन्दुमा चढेकोमा एक करोड २४ लाख १५ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक पनि १३ दसमलव १५ अंकले बढेर २२ सय ५७ दसमलव ८९ बिन्दुमा चढेकोमा ५५ लाख सात हजार एक सय २० रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक भने आज एक सय ३४ दसमलव ९३ अंकले घटेर २४ सय २७ दसमलव ५३ बिन्दुमा झरेकोमा १५ करोड ४९ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक १७ अंकले घटेर १४ सय ४१ दसमलव १७ बिन्दुमा झरेकोमा ३६ करोड १५ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १७ दसमलव चार अंकले घटेर १९ सय ५२ दसमलव ८६ बिन्दुमा झरेकोमा ११ करोड २५ लाख ७७ हजार रुपैयाँको किनबेच खरिद बिक्री भएको छ । जलबिद्युत समुहको सुचक पनि आज २७ दसमलव ८४ अंकले घटेर दुई हजार ३८ दसमलव ३२ बिन्दुमा झरेकोमा चार करोड ४२ लाख ६३ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । 
फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको मुल्य 

१    आरएसडिसी लघुबित्त    १५१९                ८.११
२    नेपाल दुर सञ्चार प्राधिकरण    ६८५            ४.७३
३    सिर्नर्जी फाईनान्स        १८७            ४.४७
४    श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स    ३५४            ४.५१
५    नेशनल हाईड्रो पावर कम्पनी    १४२            २.१६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजके कारोवार मुल्य         आजको घटेको मुल्य 

१    बोर्टलस नेपाल (तराई) लिमिटेड     ६८००                ५.६२
२    कर्णाली बिकास बैंक            २६०                ५.१६
३    हिमालयन डिष्टिलरी प्रालि        ७८०                ४.८७
४    ग्रिन डेभलपमेन्ट बैक            ६३१                ४.४६
५    नयाँ नेपाल लघुबित्त संस्था    २३८२                ५.२६