बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई वटा संस्थाको संस्थापक सेयर रुपान्तरण

शुक्रबार, जेष्ठ १२ २०७४

काठमाडौ जेठ १३ 
दुई वटा संस्थाले संस्थापक सेयर रुपान्तरण गरेकाछन । नेप्सेका अनुसार आज शुक्रबार क्षेत्रियस्तरको काँक्रेबिहार बिकास बैकले ६५ हजार दुई सय १६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरेको छ । 
सो दिन युनाइ्र्रटेड फाईनान्सले पनि छ लाख तीन हजार चार सय २४ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरी ५१ तथा ४९ को अनुपात कायम गरेको छ । नेप्सेका अनुसार सो दिन रुरल माईक्रो फाईनान्स डेभलपमेन्ट सेन्टरको छ लाख २९ हजार दुई सय कित्ता बोनस सेयर सुचीकृत भएको छ । यसैगरी सो दिन नियमित कारोवारको लागि कुमारी बैंकको ५६ लाख ८० हजार तीन सय ९१ कित्ता, मिथिला लघुबित्त बिकास बैकको ६४ हजार पाँच सय एक कित्ता, कामना बिकास बैकको १४ लाख २७ हजार सात सय ४३ कित्ता र एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार छ सय ५५ कित्ता बोनस सेयर सुचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 
कसको कति कित्ता सेयर सुचीकृत भयो हेर्नुस  
कम्पनीको नाम            प्रकार        सुचिकृत सेयर 
रुरल माईक्रो फाईनान्स     बोनस        ६२९२००
कुमारी बैंक            बोनस        ५६८०३९१.२९
मिथिला लघुबित्त बैक        बोनस        ६४५०१.२०
कामना बिकास बैंक        बोनस        १४२७७४३.३०
एशियन लाईफ इन्स्योरेन्स    बोनस        १३४२६५५.४०