काठमाडौ जेठ १०
नेप्सेमा आज पनि हरियाली देखिएको छ । गुमाउने भन्दा कमाउने समुह बढे पश्चात नेप्से हरियो देखिएको थियो । आज नेप्से तीन दसमलव सात अंकले बढेर १६ सय २९ दसमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ४५ अंकले बढेर तीन सय ४५ दसमलव ९९ अंकमा पुगेको छ । एक सय ४८ कम्पनीहरुको छ हजार चार सय ४४ वटा कारोवारमा १३ लाख ६६ हजार नौ सय ७१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ६९ करोड ४४ लाख २६ हजार चार सय ४८ रुपैयाँ पुगेको छ । आज आठ वटा समुहको कारोवार भएको होटल समुहले गुमाएकाछन भने बाँकी समुहले कमाएकाछन ।
बीमा समुहको सुचक २० दसमलव ७३ अंकले बढेर आठ हजार सात सय ५८ दसमलव ७५ बिन्दुमा चढेकोमा १७ करोड ९८ लाख ९६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक दुई दसमलव ४१ अंकले बढेर १४ सय ५८ दसमलव १७ बिन्दुमा चढेकोमा २४ करोड ७१ लाख ७९ हजार रुपैयाँको सेयर किनवेच भएको छ । बिकास बैक समुहको सुचक चार दसमलव २३ अंकले बढेर १९ सय ७० दसमलव २६ बिन्दुमा चढेकोमा ११ करोड ५२ लाख ७३ हजार रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी जलबिद्युत समुहको सुचक चार दसमलव नौ अंकले बढेर दुई हजार ६६ दसमलव १६ बिन्दुमा चढेकोमा तीन करोड १४ लाख २४ हजार चार सय रुपैयाँको सेयर खरिद किनबेच भएको छ ।
आज फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ आरएसिडीसी लघुबित्त १४०५ ९.९४
२ हिमालयन डिष्ट्रिलरी प्राली ८२० ९.९२
३ नमस्ते माईक्रो फाईनान्स ८६३ ५.८९
४ सिर्नर्जी फाईनान्स १७९ ५.२९
५ नयाँ नेपाल लघुबित्त संस्था २४८० ४.७१
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ बरुण हाईड्रो पावर कम्पनी २९० ५.८४
२ अरुण फाईनान्स लिमिटेड १९८ ५.७१
३ श्री इन्भेष्टमेन्ट फाईनान्स ३४२ ५
४ सप्तकोशी डेभलपमेन्ट बैंक ३९० ३.४६
५ सिर्नर्जी पावर डेभलमपेन्ट कम्पनी ३२९ २.६६