काठमाडौं । नापतौल तथा गुणस्तर विभागले नेपालमा उत्पादन हुने सिमन्टहरुलाई भारवहन क्षमता उल्लेख गर्न दिएको छैन । ठूला आयोजनामा भारवहन क्षमता उल्लेख गरिएको सिमेन्ट मात्रै प्रयोग हुने भएकोले भारतबाट आयत हुने सिमेन्ट आयात गरेर कमिसन खाने खेलमा नापतौल विभागको मिलेमतोमा भारवहन क्षमता उल्लेख गर्न नदिइएको हो ।
ठूला आयोजनामा प्रयोग हुने ओपिसी सिमेन्टलाई नापतौल तथा गुणस्तर विभागले ग्रेड ( भारवहन क्षमता ) लेख्ने अधिकार प्रदान नगर्दा ठूला आयोजनामा नेपाली सिमेन्ट प्रयोग गर्न नमिलेको सिमेन्ट उत्पादकहरुले गुनासो गरेका छन् । नेपालमा नै प्रशस्त सिमेन्ट उत्पादन हुने गरे पनि गुणस्तर मुल्यांकन नहुँदा भारतीय सिमेन्ट आयात भइरहेको उत्पादक व्यवसायीहरुले बताएका हुन् । नेपाली सिमेन्टले छोटो समयमा ठूलो उपलब्धी गरे पनि यो व्यवसायलाई सक्षम र दिगो बनाउन अझै केही कामहरू रहेको उद्योगीहरुके भनाइ छ ।
अन्तर्राष्टिय प्रचलनअनुसार सिमेन्टको गुणस्तर ३३, ४३ र ५३ ग्रेड भनेर छुट्याउने गरिन्छ । नेपालमा भने अहिलेसम्म यो लागु हुन सकेको नसकेको जगदम्बा सिमेन्ट उद्योगका सिइयो सुनील पौडेलले बताए । नेपालमा ग्रेडिङ हुन नसकको कारण ठूला आयोजनामा प्रयोगको समस्या हुने गरेको उनले गुनासो गरे । नेपालका विकास निर्माणको काम तिव्र गतिले अघि बढिरहेको र सिमेन्ट उत्पादन पनि गुणस्तर र परिमाणको हिसावले धेरै हुने थालेकोले भारतीय सिमेन्ट खरिद गर्न रोक लगाउनु पर्ने उनले जानाकारी गराए । नेपालमा ओपिसी ( अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट), पिपिसी ( पोर्टल्याण्न् पोज्जोलाना सिमेन्ट) र पिएससी (पोर्टल्यान्ड स्ल्याग सिमेन्ट) सिमेन्ट उत्पादन हुन्छन् ।
नापतौल तथा गुणस्तर विभागले नेपाली ओपीसी सिमेन्टलाई ग्रेड (भारवहन क्षमता) नम्बर लेख्न नदिँदा ठूला परियोजनामा नेपाली सिमेन्ट प्रयोग हुन सकेको छैन । स्वदेशी योजना तथा सरकारी कार्यालयमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोग गर्नु भन्ने सरकारी नीति छ । तर, सरकारकै अर्को निकाय नेपाल गुणस्तर तथा नापतौल विभागले ग्रेड नम्बर लेख्न नदिएकै कारण मुलुकमा सञ्चालित ठूला आयोजनामा स्वदेशी सिमेन्ट प्रयोग हुन नसकेको नेपाली सिमेन्ट उत्पादकहरुले बताएका छन् ।
४३ वा ५३ ग्रेड लेखाएका भारतीय सिमेन्ट भन्दा नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेका ओपीसी सिमेन्टको गुणस्तर कम नभएको पौडेले बताए । उनका अनुसार नेपालमा एडीबीको लगानी रहेका परियोजनामा ग्रेड ४३ र ग्रेड ५३ उल्लेख गरिएको सिमेन्ट प्रयोग गर्नुपर्ने उल्लेख गरिएको हुन्छ । ग्रेड नम्बर लेख्न नपाउँदा एक तर्फ राष्ट्रिय गौरवका आयोजना जहाँ ठूलो परिमाणमा सिमेन्टको खपत हुन्छ, त्यहाँ स्वदेशी सिमेन्ट प्रयोग हुनसकेको छैन ।
ग्रेडको लागि सिमेन्ट उत्पादक कम्पनीहरुले आन्दोलन समेत गरिरहेका छन् । उनीहरुले भन्सार शुल्क छुटमा भारतीय सिमेन्ट आयात गर्न नहने माग राखेका छन् । उनीहरुलाई आयोजनासँग सरोकार राख्नेहरुले भरतीय सिमेन्ट खरिद गर्न नदिएको समेत आरोप लगाएका छन् । आयत गर्ने व्यवसायीसग मिलेमतो गरेर आयत नै राकेको उनीहरुले आरोप लगाएका हुन् । निर्माणाधीन आयोजनाहरुले उद्योग मन्त्रालयसग भारतबाट सिमेन्ट आयातमा समस्या भएको र समाधानको पहल गरिदिन भन्दै निवेदन समेत दिएको खुल्न आएको छ ।
सिमेन्ट अभावकै कारण निर्माण कार्य अघि बढाउन नसकिएको उनीहरुले बताएका छन् ।