बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएलजीको सीइओमा सुनिल

सोमबार, जेष्ठ ८ २०७४

काठमाडौं ।

नेपाली बीमा क्षेत्रका अब्बल सीइओको रुपमा आफ्नो छवि बनाएका सीइओ विजयबहादुर शाहले एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका छन् । पछिल्लो समय बीमा समितिद्वारा जारी संस्थागत सुशासन निर्देशिकामा लगातार दुइ कार्यकाल भन्दा बढी सीइओ पदमा बस्न नपाउने व्यवस्था रहेको थियो । सोही अनुरुप तत्कालीन बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र विजयबहादुर शाहबीच निर्देशिका लागू भएपछि पदबाट हट्ने वा निर्णय हुँदाहँुदैबाट छोड्ने विषयमा सो नियम पालन उच्च अदालतमा पुगेको थियो ।
अदालतले सो विषयमा फैसला आउन केही ढिलाई भएता पनि शाहले सो संस्थामा रही काम कार्य गर्दै आइरहेका थिए । पाटन उच्च अदालतले फैसला दुई भन्दा बढी एउटै पदमा आसिन हुन नपाउने फैसला आउने क्रम रहनु एउटा पाटो भएपनि पूर्ण अध्यक्ष फत्तबहादुर केसीले केही बीमा कम्पनीको हाली मुहालीलाई नदेखेझैं गरे पनि पछिल्लो
 समय एनएलजीविरुद्ध राम्ररी खनिएका थिए । एनएलजी बीमा क्षेत्रको उत्कृष्ट संस्था अन्तर्गत सेवा प्रदान गर्दै आएको संस्था हो । 
ग्राहकको सन्तुष्टी, समाजिक कार्यहरु लगायत थुप्रै असल कार्यहरु गर्दै आएको निर्जिवन बीमा कम्पनीलाई यो उचाइसम्म ल्याउन शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको छर्लङ्ग छ । विनासकारी भूकम्पको होस् या अन्य रुपमा देखिने विपतलाई सहज तरीकाले व्यबस्थापन गर्न एनएलजी टिमको उल्लेख्य भूमिका रहेको छ । सोही अनुसार गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले अदालतको आदेश अनुसार सीइओ विजयबहादुर शाहको राजीनामा स्विकृत गरि लामो समयदेखि बीमा क्षेत्रमा योगदान गर्दै सोही संस्थामा उप महाप्रबन्धकको रुपमा काम गर्दे आएका सुनील बल्लभ पन्तलाई कामुसीइओको जिम्मेबारी दिइएको छ ।
नेपालको आर्थिक तथा वित्तीय क्षेत्रमा लामो कालखण्डदेखि भिज्दै आएका परिवारका पन्त नेपालको समग्र वित्तीय प्रणालीलाई सहजै रुपमा नियाल्न क्षमता राख्दछन् । २०६९ बाट लागू भएको संस्थागत सुशासन निर्देशीका अनुरुप अब पछिल्लो समय धेरै वित्त कम्पनीहरुमा सीइओको पद खाली हुने देखिन्छ । काम दक्ष तर क्षमताका आधारमा वित्त कम्पनीलाई डो¥याउँने व्यक्तिहरुले अवसर पनि पाउने र चुनौतीको पनि सामना गर्नुपर्ने कुरा अबको वित्त प्रणालीमा छर्लङ्ग छ ।