मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपालले रोज्यो टस जितेर फिल्डिङ, सन्दीप पनि प्लेइङ सेटमा

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेसँगै फिल्डिङ रोजेको हो । सन्दीप लामिछाने प्लेइङ सेटमा परेका छन् । उनी सन्दीप बुधबार दिउँसो ३ बजे त्रिदेशीय सिरिज खेल्न यूएई प्रस्थान गरेका थिए ।

लिग टुको त्रिदेशीय सिरिजमा नेपालले यसअघि पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको थियो । यता, यूएई भने पपुवा न्युगिनीसँग १३१ रनले हारेको थियो ।

नेपाली टिमः 

आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा ।