मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामीसहित अधिकांशमा प्रेस चौतारी आबद्ध पत्रकार विजयी

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए । 
 
यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सिमित भए । 

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल आएका छन् ।   
 
अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिए ।

बिजेताको सूची

अध्यक्षः समीर बलामी

उपाध्यक्ष कार्यक्रमः कुबेर गिरी

उपाध्यक्ष संगठनः विजय सुवेदी आवाज

उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई

महासचिवः रघुनाथ सापकोटा

सचिव खुलाः नवीन गिरी

समावेशी सचिवः उद्धव रसाइली

समावेशी सदस्यः मोहम्मद जलिम

महिला सदस्यः सुष्मा कार्की

सदस्यहरुः

कृष्ण पाण्डे

अनुप भट्टराई

निशा बजगाई

अर्जुन गुरागाई

सिपी जैसी

सुरेन्द्र थापा