मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव 

बुधबार, फाल्गुन १७ २०७९

बिराटनगर  । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ ।
एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेबजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने थियो ।

334328664_750246113113484_3208876304411072161_n-e1677652983708.jpg
 
प्रदेश १ को संसद सचिवालयले एक सूचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेको थियो । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सू्रचना जारी गरेको हो । 
  

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ ।