मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रदेश-१ को प्रदेश सभा बैठक बस्दै,नामाकरण प्रस्ताव पेस हुने

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौं । प्रदेश- १ को प्रदेश सभा बैठक आज बस्दैछ ।

 बिहान ११ बजे बस्ने बैठकमा प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ । प्रदेश सभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ ।

पहिलो कार्यकालमा प्रदेशको नाम टुंग्याउन नसकेको प्रदेश १ प्रदेश सभाले दोस्रो कार्यकालको पहिलो अधिवेशनमा नामाकरणलाई विशेष प्राथमिकतामा राखेको छ । देशका ७ प्रदेशमध्ये ६ वटा प्रदेशले यसअघि नै नाम टुंगो लगाइसकेका छन् ।

 केही समयदेखिको निरन्तर नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ ।