मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहीता लागू

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहीता लागू भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहनेगरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो । 

निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ । 

गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्दैछ ।