मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

केपी ओली कप : आज सातदोबाटो र मच्छिन्द्र क्लवबीच फाइनल हुँदै

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौं । आज केपी ओली कम राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल खेल हुँदैछ । 

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ । फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । 

नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।