काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । साथै उसले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ ।
सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको एमालेको निष्कर्ष छ ।