बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले सचिवालय बैठक बस्दै

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। 

परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । साथै एमाले  सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने अनुमान गरिएकाे छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।