काठमाडौं । सन्दीप लामिछानेका कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेख्दै सन्दीपलाई बलात्कारी पुष्टि भएझैँ मनोवाद लेख्ने विरुद्ध मुद्दा हाल्नसक्ने चेतावनी दिएका छन् ।
विचाराधीन मुद्दामा कुनै पनि मिडियाले यसरी पीडितका नाममा एकपक्षीय विवरण र मनोवाद लेख्न नपाउने बताउँदै कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोप लगाए ।
आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने उनीहरूको तयारी छ । सम्भावित फैसला प्रभावित पार्ने उद्धेस्यले मिडिया ट्रायलसमेत भइरहेको सन्दीपका वकिल सरोज घिमिरेले आरो लगाए ।
कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् । आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने उनीहरूको तयारी छ ।
‘यो विषयलाई आज हामी अदालतमा बलियोसँग उठाउने छौं,’ उनले भने । अदालतको फैसला नहुँदै बलात्कारीका रूपमा चित्रण गरेर लेख्नेहरूविरुद्ध मानहानीको मुद्दा हाल्नसक्ने पनि उनले चेतावनी दिए। आज आउने आदेशलाई हेरेर आवश्यक कदम चाल्ने पनि उनले बताए ।
बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवइ आइतबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ ।
अग्राधिकार दिइएका कारण उक्त इजलासको एक नम्बरमा पेसी तोकिएको छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।
उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो ।