बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आईएमई बैंकद्वारा डडेल्धुराको गन्यापधुरामा शाखारहित सेवा विस्तार

बिहिबार, बैशाख २८ २०७४

काठमाडौं, 
ग्लोबल आईएमई बैंकले डडेल्धुराको गन्यापधुरामा शाखारहित सेवा विस्तार गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा वैशाख २५ गते सोमबार सो क्षेत्रमा शाखारहित सेवा विस्तार गरेको हो । 
गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानीय भवानी कुमारी अधिकारीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आईएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरे । 
सबै क्षेत्र र वर्गका जनतामाझ सेवा पु¥याउने उद्देश्यले ग्लोबल आईएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा पु¥याउँदै आइरहेको छ । ग्लोबल आइएमई बैंकले ९४ वटा शाखा, एक सय सातवटा एटीएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजस्व संकलन काउण्टर, छवटा एक्सटेन्सन काउण्टरमार्˚त छ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।