बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 २५ गतेसम्मलाई एमालेले पनि थाप्यो  ‘ढोक्सा’

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं  । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।

एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्दै २५ गतेसम्मका लागि एमालले ‘ढोक्सा’ थापेको छ । माओवादीसहित आठ दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपनि एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको विषयले थप चर्चा पाएको छ ।

सरकारमा सामेल राप्रपाले भने समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय समेत गरेको अवस्थामा भावी राष्ट्रपतिको चुनावलाई मध्य नजर गरेर एमालेले समर्थन फिर्ता नगरेको हो ।

एमालले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार समेत गर्ने भएको छ ।  आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।  उनले  हिजो मुख्यत तीन दलमा भएको निर्णयले पहिलाको सहमतिमा थोरै तलमाथि भएको मात्रै हो। पुस २५ गतेसम्म धेरै कुरा पाक्ने र अव एमाले त्यसमा लाग्ने समेत उनले बताए ।