बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारबाट बाहिरिने राप्रपाको निर्णय,  सरकारलाई दिएको समर्थन पनि फिर्ता 

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं । सरकारबाट बाहिरिने निर्णय लिएको राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निमार्ण गरेको भोलिपल्ट राप्रपाले केन्द्रिय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो । 

परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी–नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रवारवाट भत्किएको थियो ।

FpyRM_-acAAGTlu.jpeg - Copy.jpeg