मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।
 

केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन । 

हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ ।