काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज (बिहीवार) देखि शुरु हुँदैछ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ ।
युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कपमा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने छन्।
प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ ।
प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।
प्रतियोगिता सातदोबाटो, च्यासल र दशरथ रंगशालामा हुनेछ ।