काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने धेरैसमय पछि सामाजिक सञ्जालमार्फत बोलेका छन् ।
घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा राम्रो प्रदर्शन गरेका उनले चार खेलको श्रृंखलामा १३ विकेट लिए । नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्वपूर्ण योगदान दिएका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीरलगायतका ती तस्वीर सार्वजनिक गर्दै उनले स्टाटस लेखेका हुन् ।
उनले लेखेका छन्– ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’