बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्कटल्यान्डविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन,  दुई बलमा लगातार विकेट

मंगलबार, फाल्गुन ९ २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बलिङको निम्तो पाएको नेपालले तेस्रो विकेट लिएको छ ।

स्कटल्यान्डविरुद्धको म्याचमा सुरुवाती विकेट दिलाएका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् ।  

खेलको १४ औं ओभर बलिङ गर्न आएका उनले पाँचौ बल र अन्तिम बलमा लगातार दुई विकेट लिए  ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

१९ ओभरमा स्कटल्याण्ड ११४–३ को अवस्था छ ।