मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं  । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए।

ब्युरोका एसएसपी नविन्द अर्यालले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।

उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्।

सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उनीमाथि आरोप छ ।