बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी पदाधिकारी बैठक ४ बजे, राष्ट्रपति चुनावबारे छलफल

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौ‌। सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

सत्तारुढ ठूलो घटक एमाले पुस १० को सहमतिमा अनुसार आफ्नो दलबाट राष्ट्रपति हुनुपर्ने अडान लिइरहेका बेला माओवादी भने सहमतिको लत्याउँदै राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भन्दै जिकिर गरिरहेका बेला माओवादीको बैठक बस्न लागेको हो ।

यस अघि बसेको माओवादीको स्थायी कमिटीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको थियो ।  वर्तमान सत्तारुढ दलबीच भावी राष्ट्रपति उपराष्ट्रपति लगायत विषयका कारण समीकरण नै फेरिनसक्ने अनुमान हुन थालेका छन् ।