बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

केशवराज भट्टको निर्देशनमा वर्षा र रोशन बने रोमान्टिक

आइतबार, फाल्गुन ७ २०७९

काठमाडौं- गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको  स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । ’गाजलु’मा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’  आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।

यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद  मर्हजनले गरेका हुन् । 

भिडियो लिंक