काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि कुशल मल्लले पहिले दुई विकेट लिएका थिए।
आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजिमा छन् ।