बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लामिछानेको बेरोजगारलाई चौलागाईंले गरे निर्देशन ! 

बिहिबार, फाल्गुन ४ २०७९

काठमाडौँ – सम-सामुहिक विषय वस्तुमा कलम चलाउने लेखक नरेश लामिछ्नेको कथामा आधारित लघु चलचित्र बेरोजगार सार्वजनिक भएको छ । निर्देशक कल्याण चौलागाईको निर्देशनमा निर्मित बेरोजगार लघु चलचित्रमा हाल देशमा अवस्थित चरम बेरोजगारीलाई चित्रण गरिएको छ ।

लघु चलचित्रमा मुख्य भूमिका निभाएका पात्र भुवनले देशमै केहि गर्छु भनि विभिन्न पेशा, व्यवसाय अंगाल्दा पनि असफलता भोग्नु परेको घटना-क्रमलाई देखाइएको छ । देशमै केहि गर्छु भन्ने अठोट राख्दा राख्दै पनि बेरोजगारीले गाजे पछि जीविकोपार्जन गर्न समेत गारो भए पश्चात बाध्यता वश  विदेशिनु परेको विषय वस्तुलाई यस लघु चलचित्रले उठान गरेको छ ।

चलचित्रमा भुवन चौलागाईं, कल्याण चौलागाईं, दिपेन्द्र सोनाम, नरेश लामिछाने, कविता चौलागाईं, निरा लामिछाने, बसन्त कार्की, नविन खड्का, देबित्रा राई-श्रेष्ठ  
लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सम्पादन, छायांकन तथा निर्देशन कल्याण चौलागाईंले गरेका हुन् ।